अन्सु फाती पाँच महिनासम्म मैदानबाट बाहिर रहने

बार्सिलोनाका युवा फुटबलर अन्सु फाती तीनदेखि पाँच महिनासम्म मैदानबाट बाहिर रहने भएका छन्।

शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हराएको खेलमा उनी घाइते भएका थिए।  

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएपछि फातीको स्थानमा मेसी मैदान प्रवेश गरेका थिए।

३३औँ मिनेटमा  ऐसा मान्डीले फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएका थिए। उनकाे घुँडामा चाेट लागेकाे छ। 

त्यसपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए। ग्रिजमनको प्रहारलाई गोलरक्षक राेकेका थिए।

फातीको मेडिकल परीक्षणको नतिजामा उनको घुँडाको इन्टेरियर मेनिस्कसमा असर परेको चिकित्सकहरुले बताएका छन्। 

रिपोल एण्ड डे प्राडो क्लिनिकका डाक्टर रिपोलले उनलाई चोटमुक्त हुन पाँच महिनाको समय लाग्न सक्ने बताए। 

प्रकाशित मिति: : 2020-11-08 16:58:00

प्रतिकृया दिनुहोस्