साविक विजेता युभेन्ट्स लाजियोसँग बराबरीमा रोकियाे

साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार साँझ भएको खेलमा लाजियोसँग बराबरीमा रोकिएको छ। 

अवे मैदान स्टेडियो ओलम्पिमा भएको खेलमा पाहुना युभेन्ट्स टोली अन्तिम एक मिनेट सम्हालिन नसक्दा लाजियोसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

१५औँ मिनेटमा जुवान क्वाडराडोले गरेको क्रसलाई रोनाल्डोले गोलमा परिरणत गरेका थिए। 

तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिलिपे काइसेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए।

बराबरीसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ। युभेन्ट्स ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ। शीर्षस्थानमा रहेको एसी मिलानको १६ अंक छ।

यता ११ अंक जोडेको लाजियो नवौं स्थानमा उक्लिएको छ। 

प्रकाशित मिति: : 2020-11-08 19:08:00

प्रतिकृया दिनुहोस्