सिटी र लिभरपुल बराबरीमा राेकिए

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई १–१ को बराबरीमा राेकिएकाे हाे।

१३औँ मिनेटमा पाएको पेनाल्टीमा मोहम्मद सालहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

तर ३१औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा गाब्रिएल जिससले गोल गरेर सिटीलाई बराबरीमा ल्याए।

 ४२ औं मिनेटमा सिटीले अग्रता बनाउने मौका पाएको थियो। तर डी ब्रुयनाले पेनाल्टीमा गोल गर्न सकेनन्।

बराबरीसँगै तेस्रो स्थानको लिभरपुलको ८ खेलबाट १७ अंक भएको छ। सात खेलबाट १२ अंक जोडेको म्यानचेस्टर सिटी दशौँ स्थानमा रहेको छ।

 

प्रकाशित मिति: : 2020-11-09 07:01:00

प्रतिकृया दिनुहोस्