३ पेनाल्टी, ५ गाेल !

स्पेनिस ला लिगामा साविकको विजेता रियल म्याड्रिडले लज्जास्पद हार बेहोरेको छ।

आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियासँग ४–१ को लज्जास्पद हार बेहोरेको हो। कार्लाेस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक पुरा गरे। थप एक गोल उपहार पाएको थियो। करिम बेन्जेमाको गोल सान्त्वना बन्यो।

रियलले खेलको २३औँ मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो। उनले मार्सेलोको पासमा गोल गरेका थिए।

३०औँ मिनेटमा घरेलु टोलीले खेललाई बराबरी गर्ने मौका पाएपनि कार्लाे सोलेर पेनाल्टीमा चुके। 

तर ३५‌औँ मिनेटमा उनले गाेल गर्दै खेल बराबरीमा ल्याए।

४३औँ मिनेटमा भिएआरकै सहायतामा राफयल भरानको आत्मघाती गोल देखिएपछि भ्यालेन्सियाले खेलमा २–१ को अग्रता बनायो। 

 ५४औँ मिनेटमा सोलेरले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई ३–१ ले अघि बढाए।

 ६३औँ मिनेटमा भ्यालेन्सियाले भिएआरकै सहायतामा अर्काे पेनाल्टी पाएपछि सोलेरले कुनै गल्ती नगर्दै ह्याट्रिक पुरा गर्दा भ्यालेन्सियाले खेल ४–१ ले जित्याे।

यो हारसँगै रियल मड्रिड ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा छ। भ्यालेन्सिया ११ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2020-11-09 08:26:00

प्रतिकृया दिनुहोस्