कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, पौडेल पक्षका मागमा छलफल हुने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ। 

पार्टी कार्यालय सानेपामा दिउँसो एक बजे बैठक बस्न लागेकाे हाे।  

सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक हिजाे सम्मका लागि सारिएको थियाे। 

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशन सन्दर्भ र सरकारका विरुद्धको आगामी रणनीतिका विषयमा छलफल हुने जनाइएकाे छ। 

यसका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मागहरुमा छलफल हुनेछ।

१४औँ महाधिवेशन, केन्द्रीय विभाग गठन–मनोनयन, क्रियाशील सदस्यताको वितरण तथा नवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था अधिवेशन, अन्य पार्टीबाट काँग्रेसमा आउने नेता तथा कार्यकर्ताको समायोजनको मापदण्ड र विदेशस्थित जनसम्पर्क समितिका पौडेल पक्षको फरक मत छ।

यसअघि २१ गते शुक्रबारका लागि बोलाइएको बैठकमा पनि पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो।

सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच महाधिवेशनको मितिमा मुख्य मतभेद देखिएको छ।  

आगामी फागुन ७–१० को निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित छ। 

त्यसका लागि स्थानीय तहका अधिवेशन पुस ६ बाट माघ ६ गतेसम्म सक्ने भनिएको छ।

तर कोरोना महाव्याधिका कारण पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणकै काम प्रभावित हुँदा महधिवेशन तालिका पनि प्रभावित भएको छ। 

क्रियाशील सदस्यताको टुङ्गो लागेपछि मात्र अवस्था हेरेर महाधिवेशनको कार्यतालिका संशोधनको गर्न सकिने पौडेल पक्षको तर्क छ।
 

प्रकाशित मिति: : 2020-11-13 10:46:00

प्रतिकृया दिनुहोस्