विश्वकप छनोट: ब्राजिलले भेनेजुएलालाई हरायो

बिएल संवाददाता

काठमाडाै‌ं

रोबर्टो फिरमिनोको निर्णायक गोलमा ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा भेनेजुएलालाई हराएको छ।

शनिबार भएकाे खेलमा ब्राजिलले १–० भेनेजुएलालाई पराजित गरेकाे हाे।

फिरमिनोले ६७औँ मिनेटमा खेलको एक मात्र गोल गरे।

ब्राजिल तीन खेलबाट नौ अंकसहित १० टिम सम्मिलित छनोटको शीर्षस्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-11-14 09:38:00

प्रतिकृया दिनुहोस्