शिकारी ब्वाँसो कसरी बन्यो हाम्रो कुकुर?

सेतोपाटी

काठमाडाैं

आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन।

तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए?

कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा साथ दिनु सामान्य हो। योबाहेक वैज्ञानिकहरूले कुकुर र मान्छेबीच भावनात्मक सम्बन्ध पनि भएको बताएका छन्।

मतलब, मान्छेलाई पीडा हुँदा कुकुरले पनि पीडा अनुभूत गर्न सक्छ। मान्छेको खुसी र दुःखलाई महशुस गर्न सक्ने खुबी कुकुरमा हुन्छ।

हलिउड फिल्म ‘अल्फा’ ले कुकुरको विकासक्रमलाई सरल ढंगले चित्रण गरेको छ।

फिल्ममा मान्छे शिकारी र जंगली अवस्थामा हुँदाको कथा छ। बीस हजार वर्षअघि युरोपको माथिल्लो पिलालिथिकमा एक किशोर शिकारी आफ्नो टोलीसँग छुट्छ। टोलीबाट टाढा भएपछि ऊ एक्लै पर्छ। फर्कने बाटो खोज्न थाल्छ। त्यही क्रममा किशोरको भेट एउटा ब्वाँसोसँग हुन्छ। ब्वाँसो पनि शिकारकै खोजीमा हुन्छ। किशोरलाई आक्रमण गर्छ। दुवैको लडाइँमा ब्वाँसो घाइते हुन्छ।

घाइते ब्वाँसो देखेर किशोरको मनमा माया जाग्छ। उसको हेरचाह गर्छ। किशोरको माया देखेर ब्वाँसोलाई पनि ऊप्रति विश्वास पलाउन थाल्छ। उनीहरूको सम्बन्ध छिप्पिन्छ। उनीहरू साथी बन्छन्। सँगै शिकार गर्न सिक्छन्। किशोरले ब्वाँसोको नाम राख्छ- अल्फा।

उनीहरूको आत्मीयता देखेर अरू मान्छे पनि चकित खान्छन्। ब्वाँसोलाई विश्वास गर्न थाल्छन्। 

प्रकाशित मिति: : 2020-11-14 14:20:00

प्रतिकृया दिनुहोस्