फ्रान्ससँग हार्‍याे पोर्चुगल

साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिगकाे समूह चरणबाटै बाहिरिएको छ। 

शनिबार घरेलु मैदानमा भएकाे खेलमा फ्रान्ससँग १-० ले पराजित हुँदै पोर्चुगल बाहिरिएकाे हाे।

फ्रान्सको जितमा मिडफिल्डर एनगोलो कान्टेले एकमात्र गोल गरे। उनले ५३औँ मिनेटमा अग्रता दिलाएका थिए।

जितसँगै फ्रान्स  सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सले अन्तिम खेलमा क्रोएसियाको सामना गर्दैछ।  फ्रान्स  अंक तालिकाको शीर्षस्थानमा छ।

फ्रान्सको ५ खेलमा ४ जित र १ बराबरीसहित १३ अंक छ भने पोर्चुगल १ हार, ३ जित र १ बराबरीसहित १० अंकमा छ। 

क्रोएसिया र स्विडेनको समान ३-३ अंक छ। 

प्रकाशित मिति: : 2020-11-15 07:12:00

प्रतिकृया दिनुहोस्