छाङरुमा गृ‌हमन्त्रीले महिना दिनमा बन्ने गरी शिलान्यास गरेको सशस्त्र गुल्म भवन निर्माण अलपत्र, बाँकी काम चैतबाट भन्दै हिँडे ठेकेदार

पहिलोपोष्ट

काठमाडाै‌

दार्चुला (छाङरु) : गृहमन्त्री रामबहादुर थापाले असोज २९ गते छाङरु पुगेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म भवनको शिलान्यास गरे। असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सदरमुकाम खलंगामा रहेको गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णयपछि गृहमन्त्री थापा सशस्त्र आईजीपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र एआईजी रामशरण पौडेलसहित सेनाको हेलिकोप्टर लिएर दलबलसहित छाङरु पुगेका थिए।

शिलान्यास कार्यक्रममा एक महिनाभित्रै तत्काललाई बस्न मिल्ने गरी निवासका लागि एक तला ठड्याउने घोषणा गरियो। ठेकेदार कम्पनी, सशस्त्र प्रहरीका सम्बन्धित अधिकारी र स्वयं गृहमन्त्रीले यसै हिउँदमा गुल्मका सुरक्षाकर्मीले आफ्नै भवनमा बस्न पाउने उल्लेख गरे। गृहमन्त्रीको टोली घोषणा गरेर फर्कियो। आफ्नै भवनमा बस्न पाउने भनेर सुरक्षाकर्मी पनि उत्साहित भए। तर भाषणमा भनेजस्तो काम भने भएन।

प्रकाशित मिति: : 2020-11-15 14:57:00

प्रतिकृया दिनुहोस्