ट्रम्पले सहकार्य नगरे धेरै व्यक्तिको कोरोना कारण ज्यान जान सक्छ: वाइडेन

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जाे बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयास प्रभावकारी बनाउनका लागि सहकार्यको खाँचो रहेको बताएका छन्।

वाइडेनले अन्तरिम प्रशासनको हेडक्वाटर डेलवरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकालको प्रक्रियालाई अझै अवरोध गरे धेरै व्यक्तिको कोरोना भाइरसका कारण ज्यान जाने चेतावनी दिँदै सहकार्यकाे लागि आग्रह गरेका हुन्।

अमेरिकामा पछिल्ला दिन काेराेना भाइरस संक्रमित र मृतकाे संख्या बढ्दो छ। तर ट्रम्प प्रशासनले वाइडेनको अन्तरिम टिमलाई अत्यावश्यक सहकार्य गरेको छैन।

नोभेम्बर ३ मा भएको चुनावमा वाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत ट्रम्पले जितलाई अस्वीकार गर्दै आएका छन्।

उनले लगातार बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्।

ट्रम्पले केही राज्यहरूमा भएको निर्वाचनमा धाँधली भएको भनेर केही ठाउँमा निवेदन पनि गरेका थिए। ती उजुरीहरुमा पर्याप्त प्रमाणहरु नपुगेको भन्दै न्यायाधीशहरूले उजुरी खारेज गरिदिएका थिए। तर पनि उनले धाँधली भएको भन्न छाडेका छैनन्।

राष्ट्रपतिमा निर्वाचित भएका वाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन्। निर्वाचन आयोगका अनुसार कुल २७० इलेक्टोरल मत प्राप्त गरेमा विजयी हुनेछन्।

आवश्यकताभन्दा अत्यधिक धेरै मत प्राप्त गरेकाले ट्रम्पको माग अनुसार मतगणना गरेपनि नतिजा उल्टिने संभावना नरहेको निर्वाचन अधिकारीहरुको भनाइ छ।

ट्रम्पले भने सोमबार ट्वीट गरेर आफूले चुनाव जितेको दाबी गरेका थिए।

उनले निर्वाचनमा धाँधली भएकाले बाइडेनले जितेको भन्दै आफ्नो दावीबाट आफू पछाडि नहटेको उल्लेख गरेका छन्। 

ट्रम्पले देशभरका विभिन्न अदालतमा दायर गरेका छन्। तर ती उजुरीहरुमा पर्याप्त प्रमाणहरु नपुगेको भन्दै न्यायाधीशहरूले खारेज गरिदिएका थिए। तर पनि उनले धाँधली भएको भन्न छाडेका छैनन्।

गत शुक्रवार पनि निर्वाचन आयोगका अधिकारीहरूले अमेरिकी इतिहासमै सुरक्षित निर्वाचन भएको र कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको बताएका थिए।

अन्तरिमकाललाई सहज बनाउने जिम्मेवारी पाएको जनरल सर्भिस एड्मिनिस्ट्रेसन (जिएसए) ले अझैसम्म जो बाइडेन र कमला ह्यारिस विजयी भएको स्वीकार गरेको छैन। अहिलेसम्म वाइडेन–ह्यारिस प्रशासनलाई महत्वपूर्ण जानकारी दिइएको छैन।

वाइडेनले पुन: ट्रम्पले आफू पराजित भएको स्वीकार नगर्नु ‘लज्जाको’ विषय रहेको बताएका छन्।

अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि नोभेम्बर महिनामा निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नयाँ नेतृत्व ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ।

प्रकाशित मिति: : 2020-11-17 07:04:00

प्रतिकृया दिनुहोस्