काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन रोक लगाएको छ।
जाडोयामा कोरोना भाइरस संक्रमण अझै बढ्दो भएकाले नदीमा जम्मा भएर भिडभाड गर्न निषेध गरिएको हो।
जिल्ला अधिकारी जनकराज दाहालले यसपटक छट घरमै बसेर मनाउन आग्रह गरे।
‘काेराेना संक्रमणकाे जाेखिम अझै बढ्दै छ। त्यसैले योपटक सबैले घरघरमा पूजा गर्न अनुराेध गर्छाैं,’ उनले भने।