जर्मनीकाे पाेष्टमा स्पेनकाे आधा दर्जन गोल

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनले यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए–४ को अन्तिम खेलमा जर्मनीमाथि ६-० फराकिलाे जित दर्ता गरेको छ।

मंगलबार राति भएको खेलमा जित हात पार्दै स्पेन फाइनलमा पुगेकाे हाे । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेको हो।

स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १/१ गोल गरे। 

१७ औँ मिनेटमा फाबियन रुइजको कर्नरमा मोराटाले हेड गाेल गरे।

३३औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे। ३८औँ मिनेटमा फाबियनकै कर्नरमा रोड्रीले गाेल गरे। 

५५औँ मिनेटमा टोरेसले व्यक्तिगत दोश्र गोल गर्न सफल रहे। ७१ औँ मिनेटमा टोरेसले ह्याट्रिक पूरा गरे। 

९०औँ मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले गोल गर्दै ६-० को जित दिलाए।

यस जितसँगै स्पेनले सेमिफाइनलमा स्थान पक्का गरेको छ। स्पेनले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसँगै ११ अंक जोड्यो। दोस्रो स्थानको जर्मनीले ६ खेलमा २ जित, ३ बराबरी र १ हारका साथ ९ अंक बनायो।

प्रकाशित मिति: : 2020-11-18 06:54:00

प्रतिकृया दिनुहोस्