नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकका लागि बालुवाटार पुगेका छन्। 

शुक्रबारको बैठकमा पेश अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दिने तयारी छ। 

यसअघि ओलीले प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने नेताहरुसँग बताएका थिए। 

आजै दुई बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। त्यसैले सचिवालय बैठक छोटो समय मात्रै बस्ने तयारी छ।

प्रकाशित मिति: : 2020-11-18 13:20:00

प्रतिकृया दिनुहोस्