नेदरल्याण्डसँग पोल्याण्ड पराजित

बिएल संवाददाता

काठमाडाै‌ं

युरोपियन नेशन्स लिग फुटबलमा नेदरल्याण्डसले पोल्याण्डलाई पराजित गरेकाे छ।

बुधबार राति समूह ए थ्री अन्तर्गत भएको खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई २–१ ले पराजित गरेकाे हाे। 

खेलकाे  पाँचौँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको सहयोगमा कामिल जोज्विकले गोल गर्दै  पोल्याण्डलाई अग्रता दिलाएका थिए। तर त्याे गाेल ७७औँ मिनेटसम्म कायम रह्याे।

नेदरल्याण्डसका लागि ७७औँ मिनेटमा पाएको पेनाल्टीमा मेम्फिस डिपेले अग्रता दिलाएका थिए।

यस्तै ८४ औँ मिनेटमा जर्जिनिओ विनाल्डमले गोल गर्दैअग्ता दाेब्बर बनाए।।

जितसँगै नेदरल्याण्डसको ११ अंक जाेडेकाे छ । इटाली १२ अंकसहित समूहको शीर्ष स्थानमा रहन सफल भयो ।

प्रकाशित मिति: : 2020-11-19 06:44:00

प्रतिकृया दिनुहोस्