जोकोविचलाई पराजित गर्दै मेड्भेडेभ सेमिफाइनलमा प्रवेश

बिएल संवाददाता

काठमाडाै‌ं

नोभाक जोकोविचलाई पराजित गर्दै डानिल मेड्भेडेभ एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्।

लण्डनमा  बिहिबार बिहान भएकाे खेलमा चौथो बरियताका मेड्भेडेभले सर्बियन जोकोविचलाई ६–३ र ६–३ को सेटमा सहजै पराजित गरेका हुन्।

अब विश्व नम्बर एक ३३ वर्षका जोकोविच शुक्रबार हुने राउण्ड रोबिनको अन्तिम खेल जित्नै पर्ने हुन्छ।

यदि उक्त खेलमा पाँचौँ बरियताका जर्मन एलेक्सान्डर स्वेरेभलाई पराजित गरे उनी अन्तिम चारमा पुग्ने छन्।

यता स्वेरेभले डिएगो श्वार्ट्ज्मनलाई पराजित गरेर अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनएका छन्। 

स्वेरेभले अर्जेन्टिनी खेलाडी डिएगोलाई ६–३, ४–६ र ६–३ को सेटमा पराजित गरेका हुन्।

प्रकाशित मिति: : 2020-11-19 08:06:00

प्रतिकृया दिनुहोस्