‘लत्तो छाड्ने’ प्रधान न्यायाधीश : जसले लगाए न्यायालयको सुधारमा ब्रेक !

रातोपाटी

काठमाडाै‌

..आफ्नो पदीय उचाइ बढाउन ‘अहिलेसम्मका प्रधान न्यायाधीशहरुले के गर्नुभो ? सबै मैले गरेको हुँ’ भन्ने दाबी सबैले गर्छन् । एउटा प्रधान न्यायाधीशले आफ्नो कार्यकालमा एउटा–दुइटा मात्र राम्रो काम गरेर जाँदा पनि न्यायपालिका सुन्दर हुन्छ । कार्यभार सम्हालेको पहिलो दिन ‘म सबै राम्रो गर्छु’ भन्ने तर बिदाईमा चाहिँ ‘केही पनि गर्न सकिएन । काम गर्न दिइएन । मेरो टिम स्पिरिट मिलेन’ भनेर बहानाबाजी गर्ने चलन छ । यस्तो अवस्था बेलैमा निराकरण गर्न आवश्यक छ । त्यो न्यायापालिकाका लागि ठूलो गुन हुनेछ ।’

घोष्ट राईटिङ नेपाल प्रकाशक रहेको अदालतभित्र अदालतबाहिर पुस्तकको पृष्ठ १४३ मा सर्वोच्च अदालतका पूर्व रजिष्टार डा. रामकृष्ण तिमल्सेनाले निकालेको निश्कर्ष हो यो । यसबेला न्यायपालिका तिमल्सेनाले निकालेको यही निश्कर्षको तातो तावामा छ ।

‘मेरो अनुभवमा न्यायपालिकाको काम कारवाही धमिल्याउने र अदालतप्रतिको जनविश्वासमा आँच आउने काममा ४० प्रतिशत जिम्मेवार न्यायाधीश आफैं छन् । ३० प्रतिशत कानुन व्यवसायी, १० प्रतिशत कर्मचारी अनि २० प्रतिशत बिचौलिया्, फट्टा खेल्ने र अदालतको बदनाम गर्ने कार्यमा संलग्न पत्रपत्रिका  पर्छन् ।’

साङ्ग्रिला पुस्तक प्रा.लि. द्वारा प्रकाशित पूर्वप्रधान न्यायाधीश मिनबहादुर रायमाझी लिखित ‘न्यायपालिकामा चार दशक मेरा सम्झना’ पुस्तकको पृष्ठ ३०७ मा उल्लेखित अंश हो यो । सर्वोच्च अदालत बार एशोसिएसनले ०६४ सालमा ‘न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि अध्ययन’ गर्न वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको संयोजककत्वमा एउटा समिति गठन गरेको थियो । त्यस समितिले न्यायालयको आस्था, गरिमा  बढाउन एवं सुधार गर्न प्रधान न्यायाधीश एक्लैको भूमिका ६० प्रतिशत रहने उल्लेख गरेको छ । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा न्यायपालिकाको सुधार गर्न प्रधान न्यायाधीशको भूमिका त्योभन्दा पनि धेरै हुने रातोपाटीसँगको संवादमा बताउँछन् ।

प्रकाशित मिति: : 2020-11-20 10:46:00

प्रतिकृया दिनुहोस्