भारतमा विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना, १४ जनाको मृत्यु

भारतकाे उत्तरप्रदेशमा विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएकाे छ। 

प्रतापगढ जिल्ला प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएकाे स्थानिय अधिकारीहरुले बताएका छन्। 

प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् ।

विवाह समारोहबाट फर्कँदै गरेको गाडी टायर पञ्चड भएर सडकको छेउमा रोकिराखेको ट्रकमा ठोक्किएको थिए। प्रहरीका अनुसार राति भएको दुर्घटनामा चालक निदाएका थिए। उनकाे पनि मृत्यु भएको छ ।

दुर्घटना लगत्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दु:ख व्यक्त गर्दै दुर्घटना स्थलमा पुगेर आवश्यक सहयोग गर्न प्रशासनलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: : 2020-11-20 12:12:00

प्रतिकृया दिनुहोस्