हल्याण्डले गरे चार गोल, डर्टमुण्डको शानदार जित

बिएल संवाददाता

काठमाडाै‌ं

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनमाथि शानदार जित निकालेको छ।

 घरेलु मैदानमा नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको चार गोल गरेपछि  डर्टमुन्डले ५–२ को फराकिलो जित हात पारेको हो। 

डर्टमुन्डको जितमा अर्काे एक गोल राफायल गुरेइरोले गरे। हर्थाका लागि दुवै गोल म्याथुयस कुन्हाले गरेपनि हार टार्न सकेन।

हर्थाले खेलको ३३औँ मिनेटमा कुन्हाको गोलबाट अग्रता लिएको थियो। उनले डोडी लुकेबाकियोको पासलाई सदुपयोग गरेका थिए। 

४७औं मिनेटम हालान्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले  इम्री क्यानको पासमा गाेल गरेका थिए।

 त्यसको दुई मिनेटपछि नै हालान्डले जुलियन ब्रान्डको पासमा गोल गर्दै डर्टमुन्डलाई खेलमा २–१ को अग्रता दिलाए।

६२औँ मिनेटमा हालान्डले ह्याट्रिक पुरा गरे।

७०औँ मिनेटमा राफायल गुरेइरोले गोल गर्दै डर्टमुन्डलाई ४–१ ले अघि बढाए। ७९औँ मिनेटमा म्यानुयल एकान्जीले पेनाल्टी बक्समा फल गरेपछि हर्थाले पेनाल्टीको मौका पाएको थियो। 

म्याथुयस कुन्हाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–२ को अवस्थामा पुगेको थियो। 

लगत्तै हालान्डले व्यक्तिगत चौथो गोल गरे।उनले जुडे बेलिङघमको पासमा गाेल गरेका थिए। 

जितसँगै डर्टमुन्ड ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानको वायर्न म्युनिखको समान खेलबाटै १९ अंक रहेको छ। 

पराजित हर्था बर्लिन ७ अंक जोडेर १३औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-11-22 07:39:00

प्रतिकृया दिनुहोस्