हिउँदे अधिवेशन सुरु गर्न तयार छु: सभामुख सापकाेटा

बिएल संवाददाता

काठमाडाै‌ं

 सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको बताएका छन्।

साेमबार संसद सचिवालयमा समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका कांग्रेसका मोहनप्रसाद पाण्डेलाई सपथ खुवाएपछि उनले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्।

उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए।

‘हामी हाम्रो तयारीमा छौँ। सरकारसित पनि कुरा चलिरहेको छ। धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै तयारी गरिएको छ,’ उनले भने।

बजेट पारित गरेपछि सकिएको संसद अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन। 

यद्यपी सभामुख सापकोटाले हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने बताए।

संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था छ।
 

प्रकाशित मिति: : 2020-11-23 14:14:00

प्रतिकृया दिनुहोस्