“जति नै प्रयास गरे पनि म र मेरो टिमको विजय यात्रालाई गोल्छाजीले रोक्न सक्नु हुन्न”

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

प्रयास श्रेष्ठ

“उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना तथा मझौला सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ । यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ गर्नेछ ।”

निजी व्यावसायिक क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मङ्सिर १३ गते हुने महासङ्घको चुनावका लागि वरिष्ठ उपाध्यमा दुई व्यवसायी हस्ती चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आमुन्ने सामुन्ने हुने भएपछि चुनाव थप रोचक बनेको छ । अहिले चुनावलाई नै लिएर यी दुई व्यक्तिको चर्चा शिखरमा छ । कसको पक्षमा को ? कसको कति मत ? महासङ्घको चुनावमा कसले बाजी मार्ला ? अहिले विभिन्न कोणबाट बाहिर टीकाटिप्पणी भइरहेको छ । चुनाव अगावै दुई पक्षको चुनावी मतलाई लिएर अङ्गगणित जोडघटाउ भइरहेको छ । त्यसो त ढकाल र प्रधान मात्र होइन उनीहरुले नेतृत्व गरेका दुवै प्यानको उत्तिकै रस्साकस्सी चलेको छ ।

यद्यपि हालका वरिष्ठ उपाध्यक्ष तथा ५४औँ साधारण सभा पछिका महासङ्घ अध्यक्ष शेखर गोल्छाले भने किशोर प्रधानलाई आफ्नो नैतिक समर्थन दिएका छन् । यसले पनि वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल गोल्छासँग रुष्ट बनेका छन् । तथापि चुनावको मिति नजिकिँदै गर्दा माहोल भने निकै तातिरहेको छ । यसै सेरोफेरोमा रहेर हामीले एक वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकालसँग चुनावी वार्ता गरेका छौँ । प्रस्तुत छ ढकालसँग गरिएको यो सङ्क्षित वार्ताः

नेपाल उद्योग वाणिज्य महासङ्घमा तपाईंलाई प्रतिस्पर्धी किशोर प्रधानभन्दा जुनियर भन्ने आरोप लागेको छ । तपाईंले हतार गर्नुभयो भन्ने पनि छ नि ?

उद्योग वाणिज्य महासङ्घमा को सिनियर र को जुनियर भन्ने हिसाब गर्नुभन्दा कसले कति काम गरेको छ भनेर हेर्नु उचित होला । हिजो कसले कति गर्न सक्यो, भोलि कसले कति गर्न सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण छ र यसैका आधारमा आम मतदाता व्यवसायी साथीहरुले यसको निर्णय गर्नुहुनेछ । निश्चय पनि अग्रजहरुको सम्मान गर्नुपर्छ भने अग्रजहरुले पनि आफूभन्दा योग्यलाई अवसर दिनुपर्छ, अर्थात बाटो खोलिदिनु पर्छ । महासङ्घमा कोही पेन्सन पकाउन आएको हुँदैन ।  महासङ्घमा उहाँ पहिले प्रवेश गर्नुभयो भन्दैमा अरूले छाडिदिनुपर्छ भन्ने तर्क उचित मान्न सकिँदैन । अर्कोतर्फ उहाँभन्दा पछि आउनुभएका शेखर गोल्छाजीसँग नै उहाँ साढे तीन वर्षअघि पराजित हुनुभएको हो । अहिले गोल्छाजीकै उम्मेदवार उहाँ हो भने शेखरजीका हकमा सिनियर र जुनियर लागू नहुने र मेरो हकमा त्यसलाई इस्यु बनाइन्छ भने त्यसमा कुनै तुक देख्दिनँ । उहाँभन्दा महासङ्घका लागि मैले आफूलाई योग्य ठानेँ र मभन्दा अर्को योग्य आउँछ भने मैले पनि छाड्नुपर्छ । हैन भने खेलको नियमअनुसार हारजित जे भए पनि परिणाम स्वीकार्नुपर्छ र स्वस्थ प्रतिस्पर्धामा विश्वास राख्नुपर्छ ।

 

प्रकाशित मिति: : 2020-11-24 13:08:00

प्रतिकृया दिनुहोस्