बैतडी जीप दुर्घटना: ५ को मृत्यु, ४ घाइते

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। 

बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जीप मंगलबार दुर्घटना  भएको हो। 

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा अर्की पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेको प्रहरीले जनाएको छ। 

उनीहरुको घटनास्थलमै मृत्यु भएको हाे।

दुर्घटनाको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-11-24 15:23:00

प्रतिकृया दिनुहोस्