‘बोक्सीको घर’ नाटक अब चलचित्रको पर्दामा

२०७३ सालमा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ अब चलचित्रको पर्दामा पनि देखिने भएको छ। 

केकी अधिकारी फिल्मस्ले यो नाटकलाई चलचित्रमा उतार्ने भएको छ।

सुलक्षण भारतीको लेखनमा निर्माण हुने चलचित्रलाई सुब्रतराज आचार्य र सुलक्षण आफैले निर्देशन गर्दैछन्। 

फिल्ममा केकी अधिकारी र गौरव पहारीको अभिनय रहनेछ। चलचित्रको अन्य पात्रहरूको अडिसन आगामी सातादेखि गरिने बताइएको छ।

प्रकाशित मिति: : 2020-11-24 19:14:00

प्रतिकृया दिनुहोस्