सीमा विवाद समाधान गर्न कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गरौँ: विश्व हिन्दु युवा संघ

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व हिन्दु युवा संघले कालापानी र लिपुलेखलाई वेदव्यास धामको रुपमा विकास गर्नुपर्ने बताएको छ। 

बिहिवार संघका अध्यक्ष ऋषिकेश जंग शाहले भारतीय बिदेश सचीव नेपाल आएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

संघका अध्यक्ष शाहले नेपाल भारतको बीचमा ऐतिहासिक, धार्मिक तथा पारिवारिक सम्बन्ध रहेको र पछिल्लोपटक लिपुलेक र कालापानी सीमा विवादले गर्दा केही तिक्तता उत्पन्न भएको भन्दै उक्त तिक्ततालाई समाधान गर्न सो क्षेत्रमा वेदव्यास धाम बनाउने पर्ने जिकिर गरे। 

प्रकाशित मिति: : 2020-11-26 16:22:00

प्रतिकृया दिनुहोस्