महासंघलाई पनि निर्वाचनको लत लागेकाले सहमति गर्न असमर्थ भयौं

थाहा खबर

काठमाडौँ
तस्बिर : थाहाखबर

अरुण राज सुमार्गी

चुनाव एक प्रक्रिया हो।  नेपाल वाणिज्य महासंघ भनेको नेपालको सबैभन्दा ठूलो संजाल भएको संस्था हो।  यो एक अर्थतन्त्रमा एक आशा र भरोसाको केन्द्र पनि हो। नेपालको विभिन्न कालखण्ड पञ्चायतीदेखि बहुदल हुँदै आजको मितिसम्म आइपुग्दा पनि बिना कुनै समस्यामा पनि अर्थतन्त्रलाई चलायमान बनाउँदै अगाडि बढेको संस्था हो।

यो संस्था चलाउन पनि आफ्नै प्रक्रिया रहेका छन्।  महासंघको विधानले दिएको  समयसीमा हेरेर  सरकारसँग अनुमति मागेर कोभिडको प्रोटोकल हेरेर  निर्वाचन गर्न अनुमति दिएको छ।

यदि कोरोनाको संकट हटेको भए आज चुनावमा कम्तीमा पाँच हजारभन्दा बढी व्यक्तिको उपस्थिति हुन सक्थ्यो। तर, अहिले जिल्ला नगरको १ सय ६ जना मतदाता छन् भने ३८ जना उम्मेदवार रहेका छन्। उहाँहरूलाई सहयोग गर्न स्वयंसेवकहरू जोड्ने हो भने ४ सयको हाराहारीमा रहेका छन्।

४ सयको हाराहारीबीचमा हामीले निर्वाचन गर्ने कार्य अगाडि बढाइरहेका छौं।  यो निर्वाचनले एक निकास दिनेमा हामी आशावादी छौं।  यो निकासका लागि नयाँ महासंघमा कार्यसमिति अपरिहार्य रहेको थियो।  हामीले सहमति, सहकार्यको प्रक्रिया अगाडि बढे पनि अन्तत: चुनाव हुने भयो। महासंघलाई पनि निर्वाचनको लत लागेको भएकोले सहमति सहकार्य गर्न असहमर्थ भयौं।

प्रकाशित मिति: : 2020-11-28 14:08:00

प्रतिकृया दिनुहोस्