जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

 सुदर्शन अर्याल

छिप्पिएको रातलाई चिरागको ज्वालाले उज्यालो छरिरहेको छ । सुनसान दरबार क्षेत्रलाई ब्युँझाउनका लागि खिँ, ता, झ्याली जस्ता बाजाको स्वर बिस्तारै चर्किँदैछ । दैत्य गुरु नाच, हिरण्यकश्यपु नाच र प्रल्हाद नाच सकिइसक्दा सबैको प्रतीक्षाको घडीले पनि छिटोछिटो कुद्न थाल्छ ।

पाँचवटा चिरागको आगो बिस्तारै कम हुँदैजाँदा संग्रहालयको द्वारबाट एउटा फरक आकृतिको स्वरुप निस्कन्छ । शरीर हेर्दा मान्छे जस्तो, अनुहार हेर्दा सिंह जस्तो छ ।

मालाले सजिसजाउ भएको एउटा उग्र स्वरुप बाहिर निस्किएसँगै सबैको भागाभाग सुरु हुन्छ । उसलाई ल्याएर डबलीको बायाँतर्फको भागमा बाँधेर राखिन्छ । त्यत्तिकैमा वाद्यवादन सुरु हुन्छ । त्यो भिन्दै किसिमको स्वरुप नृसिंह हो । नृसिंह एकाएक बाँधेको खाँबो नै फालेर डबलीको बीचमा आफ्नो उग्र नृत्य देखाउन थाल्छ ।

नृसिंहको उग्ररुपसँगै खिँ बाजाको स्वर चर्किँदै जान्छ । सोही तालमा धाः बाजा, भुस्या, दमो खिः, पोगा बाजाको ताल पनि चर्किँदै जान्छ । त्यही बाजाको तालले एकाएक अर्काे उत्पाद ल्याउला जस्तो गरी डबलीको अर्काे भागबाट हिरण्यकश्यपुको प्रवेश हुन्छ ।

प्रकाशित मिति: : 2020-11-28 14:49:00

प्रतिकृया दिनुहोस्