पीएसजी बोर्डेअक्ससँग बराबरीमा राेकियाे

बिएल संवाददाता

काठमाडाै‌ं

 पेरिस सेन्ट जर्मेन (पीएसजी) बोर्डेअक्ससँग बराबरीमा राेकिएकाे छ।

शनिबार घरेलु मैदान पार्क दि प्रिन्सेसमा भएकाे खेलमा पीएसजी २–२ गोलको बराबरीमा रोकिएको हाे।

खेलको १०औँ मिनेटमा पीएसजीका टिमोथी पेम्वेलेको आत्मघाती गोल गरे। 

२७औँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

हाटिम विन अर्फाले नेयमारलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै पीएसजीलाई पेनाल्टी दिएकाे थियाे । 

पहिलो गोल गरेका एक मिनेटपछि नै मोइस किनले रिवाउन्ड आएको बललाई गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए ।

६०औँ मिनेटमा यासिन एडलिले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले हाटिम विन अर्फाको पासमा गाेल गरेका थिए। 

बराबरीसँगै पीएसजी १२ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । बोर्डेअक्स १६ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति: : 2020-11-29 07:27:00

प्रतिकृया दिनुहोस्