नेयमारकाे दुई गाेलले जितायाे पीएसजीलाई

बिएल संवाददाता

काठमाडाै‌ं

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

ओल्डट्राफोर्डमा भएकाे खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को सानदार जित हात पारेको हो।

पीएसजीको जितमा नेयमारले दुई गोल गर्दा एक गोल कप्तान मार्किन्हसले गरे। घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गोल सान्त्वना बन्यो।

खेलको छैटौं मिनेटमा नै नेयमारको गोलबाट पीएसजीले खेलमा अग्रता लिएको थियो। 

३२औँ मिनेटमा घरेलु टोलीले खेललाई बराबरीमा ल्याए।  मार्कुस रासफोर्डको प्रहार डियालोलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

६९औँ मिनेटमा एब्डोउ डियालोको पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए।

युनाइटेड खेलको ७०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। एन्डर हेरेरामाथि फल गरेपछि फ्रेड दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा राफिन्हाको पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–१ को सहज जित दिलाए।

जितसँगै समूह ‘एच’ मा पीएसजी ९ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ। समान ९ अंक भएपनि युनाइटेड गोल अन्तरमा अघि छ।

प्रकाशित मिति: : 2020-12-03 07:39:00

प्रतिकृया दिनुहोस्