फाउचीलाई वाइडेनकाे ‘अफर’: मेराे प्रमुख स्वास्थ्य सल्लाहकार बनिदिनुस्

अमेरिकामा हालै निर्वाचित राष्ट्रपति जो वाइडेनले शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीलाई आफ्नो प्रमुख स्वास्थ्य सल्लाहकार बन्न ‘अफर’ गरेका छन्। 

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरूद्ध बनाएको टास्क फोर्सका प्रमुख डा फाउचीलाई वाइडेनले आफ्नो सल्लाहकार बनेर कोरोनाविरूद्धको लडाईंमा निरन्तरता दिन भनेका हुन्।

सिएनएनलाई दिएको अन्तरवार्तामा वाइडनले भने, ‘मैले उनलाई पूर्वराष्ट्रपतिहरूको पालामा झैं अहिलेकै भूमिकामा बस्न उनलाई प्रमुख स्वास्थ्य सल्लाहकार तथा कोभिड टिमको सदस्य बन्न आग्रह गरेको छु।’

कोरोना भाइसविरूद्धको लडाईंमा ट्रम्पको भूमिका आलोचित भएका छन्। निर्वाचनमा उनको पराजयका लागि यसलाई पनि प्रमुख कारण मानिएको छ।

डा फाउचीले कोरोना भाइरस संक्रमणले भयावह स्थिति लिने बताउँदै ट्रम्पलाई चुनावी र्‍याली नगर्न आग्रह समेत गरेका थिए। तर ट्रम्पले उनको कुरा नजरअन्दाज गरे।

फलतः ह्वाइट हाउसका उच्च अधिकारी र ट्रम्प समेतलाई कोरोना संक्रमण भएको थियो।

एकपटक  ट्रम्पले डा फाउचीलाई जिम्मेवारीबाट हटाउनेसम्मको धम्की दिएका थिए। 

त्यसैगरी वाइडनले फाउचीले सुरक्षित हुने बताएपछि सार्वजनिकरूपमै कोरोनाविरूद्धको खोप लिने बताए। 

‘खोपको विषयमा उब्जिएको शंका निवारणका लागि खोप लगाउन महत्वपूर्ण छ,’ उनले भने।

अमेरिकाका तीन पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज बुस जुनियर तथा बाराक ओबामाले टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत कोरोना भाइरसविरूद्ध खोप लगाउने घोषणा गरिसेका छन्।

अमेरिकामा संक्रमितहरूको संख्यामा पछिल्लो समय धेरै वृद्धि देखिएको छ। 

अमेरिकामा कोरोना संक्रमणकै कारण २ लाख ८२ हजार ७४८ जनाको मृत्यु भएको छ। संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख १७ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो।

बिहिबार २ लाख ६ हजार ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

करिव २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला दुई दिन यता संक्रमितको संख्या २ लाखभन्दा बढी देखिन थालेको छ।

पछिल्लो वृद्धिसँगै १ संक्रमितको संख्या १ करोड ४५ लाख ३४ हजार ६०६ पुगेको छ।

प्रकाशित मिति: : 2020-12-04 09:10:00

प्रतिकृया दिनुहोस्