११ मिनेटमा २ गोल गर्दै युभेन्ट्सले जित्याे खेल

बिएल संवाददाता

काठमाडाै‌ं

युभेन्ट्सले टोरिनोमाथि रोमान्चक जित दर्ता गरेको छ । 

शनिबार खेलको पहिलो हाफमा पछि परेको युभेन्ट्सले २-१ को जित हसिल गरेकाे हाे ।

खेलको नवौं मिनेटमा नै पाहुना टोली टोरिनोका निकोलस एन्कुलुले गाेल गरेका थिए। 

दोस्रो हाफको ५७ औं मिनेटमा जुआन क्वाडराडोले युभेन्ट्सलाई बराबरीमा ल्याएपनि भीएआरले उक्त गोलका क्रममा अफसाइड भएको भन्दै मान्यता दिएन । 

खेलको ७८ औं मिनेटमा छोटो कर्नर लिएपछि क्वाडराडोले दिएको क्रसलाई मिडफिल्डर वेस्टन मकेनीले हेडरमार्फत गोल गरे । 

८९ औं मिनेटमा क्वाडराडोकै क्रसमा कप्तान लिओनार्डो बोनुचीले युभेन्ट्सलाई अग्रता दिलाए ।

जितसँगै युभेन्ट्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोलीले १० खेलमा २० अंक जोडेको छ । 

टोरिनो भने ६ अंकसाथ १८ औं स्थानमा नै छ । 
 

प्रकाशित मिति: : 2020-12-06 07:25:00

प्रतिकृया दिनुहोस्