अध्यक्ष ओली बिनै सुरु भयाे नेकपाकाे स्थायी कमिटी बैठक

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्। 

काेराेना भाइरसकाे जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नभएकाे पार्टी स्राेतले बताएकाे छ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहोर्‍याएका थिए।

बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्।

बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहालसहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा अध्यक्ष ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ।

 

प्रकाशित मिति: : 2020-12-06 13:44:00

प्रतिकृया दिनुहोस्