साविक विजेता लिभरपुलकाे सानदार जित

बिएल संवाददाता

काठमाडाै‌ं

साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ । 

घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुलले वल्भ्समाथि ४–० को फराकिलो जित हात पारेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह, जर्जिन्हो वाइनाल्डम र जोएल मटिपले गोल गर्दा एक गोल उपहार पाएको थियो । 

२४औं मिनेटमा मोहम्मद सलाहले गाल गर्दै लिभरपुललाई अग्रता दिलाए । 

५८औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।  ६७औं मिनेटमा मोहम्मद सलाहको पासमा जोएल मटिपले गोल गर्दै लिभरपुललाई फराकिलो जिततर्फ अग्रसर गराए ।

७८औं मिनेटमा नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुल ४–० ले विजयी हुन सफल भयो । 

जितसँगै शीर्षस्थानको टोटेनहमसँग अंक बराबरी गरेपनि लिभरपुल गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । टोटेनहम र लिभरपुलको समान २४ अंक छ । तेस्रो स्थानको चेल्सीको २२ तथा लेस्टर सिटीको २१ अंक छ । पराजित वल्भ्स १७ अंक जोडेर १०औं स्थानमा यथावत छ ।

प्रकाशित मिति: : 2020-12-07 07:09:00

प्रतिकृया दिनुहोस्