वाइडेनका छाेरा पुन: रिपब्लिकनकाे निशानामा, कर सम्बन्धी विषयमा अनुसन्धान शुरु

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनका छोरा कर सम्बन्धी अनुसन्धानमा तानिएका छन्। 

हन्टरले वाइडेनले अनुसन्धानका बारेमा मंगलबार थाहा पाएको उल्लेख गरेका छन्। 

यद्यपी हन्टरले एक वक्तव्य जारी गर्दै डेलवर राज्यमा संघीय अधिकारीहरुले आफ्नो कर गतिविधिबारे छानबिन गरिरहेको जानकारी दिएका हुन्। तर, उनले अनुसन्धानको थप विवरण भने सार्वजनिक गरेका छैनन्।

‘ममाथि भइरहेको अनुसन्धानलाई गम्भीर रुपमा लिएको छु। वस्तुगत अनुसन्धानले मेरा गतिविधिहरु कानूनी र सही रहेको स्पष्ट हुनेमा ढुक्क छु,’ उनले भने। 

वाइडेनका ५० वर्षे छोरा हन्टरमाथि रिपब्लिकनहरुले यो वर्षको चुनावको क्रममा लगातार आक्रमण गरेका थिए। युक्रेन र चीनसँगको उनको व्यवसायिक सम्बन्धलाई लिएर रिपब्लिकनले निशाना बनाउने गरेका छन्।

यसअघि  युक्रेनको एउटा व्यापारीक कम्पनीलाई फाइदा पुर्‍याउन वाइडेन परिवारको ठूलो हात रहेको आरोपमा सिनेटमा उजुरी परेको थियो।  

यसका साथै  बाराक ओबामाको कार्यकालमा जो वाइडेनका छोरा हन्टरले आफ्नो नामको भिसा आर्थिक लाभका लागि प्रयोग गरेको आरोप लागेको थियो। 

ओबामा राष्ट्रपति हुँदा वाइडेन उपराष्ट्रपति थिए। हन्टरले आफ्नो बाबुको पदको दुरुपयोग गर्दै बुरिस्मा होल्डिङ्स नामको युक्रेनी कम्पनीलाई फाइदा पुर्‍याएको आरोप थियो। 

यद्यपी याे मुद्धामा उनले सफाइ पाइसकेका छन्।

यद्यपी वाइडेनले आफ्ना पुत्रप्रति गौरवान्वित रहेको प्रतिक्रिया दिएका छन्।

पछिल्ला महिनाहरुमा भएका गम्भीर र तथ्यहिन व्यक्तिगत आक्रमणहरु सहरे हन्टर थप बलियो बनेको उनले जनाएका छन्।

प्रकाशित मिति: : 2020-12-10 08:23:00

प्रतिकृया दिनुहोस्