वाइडेन र ह्यारिस ‘टाइम वर्ष व्यक्ति २०२०’ घोषित

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ‘टाइम वर्ष व्यक्ति २०२०’ घोषित भएका छन्।

टाइमले ‘पर्सन अफ द इयर’ वर्षव्यक्ति विषेशगरी एक जनालाई बनाउने गर्छ। तर, केही पटक भने समुह वा अभियानलाई पनि घोषणा गर्ने गरेको छ। 

ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुनेछन्।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन्।

५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन्।

उनी क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्।

उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए।

उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्।

प्रकाशित मिति: : 2020-12-11 13:26:00

प्रतिकृया दिनुहोस्