पर्साको बहुदरमाई नगरपालिकामा आगलागी, करिव ३ लाख बराबरको क्षति

पर्साको बहुदरमाई नगरपालिकामा गएराति आगलागी भएको छ ।

बहुदरमाई नगरपालिका ६ गम्हरिया टोलमा अमेरिकाप्रसाद यादवको गोठमा राती १ः३० बजे आगलगी भएको स्थानीय बद्री तिवारीले जानकारी दिएका छन्। 

लामखुट्टा धपाउना बालिएको घुरबाट आगो सल्केरको तिवारी बताए  ।

आगलागीमा परी एक वटा भैसी मर्नुको साथै गोठ भित्र रहेको एक भाकारी धान, भैसिलाई खुवाउनको लागि राखिएको परालको भुससहित गोठ  पूर्णरूपले जलेर नष्ट भएको स्थानीय तिवारी बताए। 

आगो स्थानीयको सहयोगमा निभाइएको थियो। तर, स्थानीयले आगलगी भएको समयमा नै प्रहरीलाई खबर गरेको पनि प्रहरीले मात्र आइतबार बिहान आएको स्थानीयले बताएका छन्। 

आगलगीबाट करिव ३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो निभाउने क्रममा आगलगी पीडित यादव सामान्य घाइते भएको समेत स्थानीय बद्री तिवारीले बताए।
 

प्रकाशित मिति: : 2020-12-13 12:55:00

प्रतिकृया दिनुहोस्