कमानसिंह र हाइड्रो पावर सम्बन्धी विवादमा प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा मुछियाे: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दहालले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

उनले श्रेष्ठको चरित्र हत्या हुने गरि नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामा र हाइड्रो पावर सम्बन्धी विवादमा प्रचार गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। 

यसअघि नै श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफूले प्रयास मात्रै गरेको बताएका थिए।

यही कुरा दोहर्‍याउँदै अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरे।

बैठक स्थगित

सत्तारूढ दल नेकपाको  स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो।

लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

अर्को बैठक पुस १ गते १ बजे बस्ने छ। 

पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

 

प्रकाशित मिति: : 2020-12-13 14:22:00

प्रतिकृया दिनुहोस्