शान्तिनगरको सुकुम्बासी बस्तीमा आगलागी

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा आगलागी भएको छ। 

सोमबार दिउँसो बिजुली सर्ट भएर आगलागी भएको हाे। 

सार्लाहीकी आशा परियारको छाप्रोमा आगलागी भएको महानगरीय प्रहरी बृत बानेश्वरका प्रमुख डिएसपी दक्षकुमार केसीले जानकारी दिए।

आगलागीबाट परियारको छाप्रो नष्ट भएको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएकाे  डिएसपी केसीले बताए। 

समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको उनले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-12-14 16:43:00

प्रतिकृया दिनुहोस्