पूर्वपत्नी मीनाविरुद्ध कानुनी लडाईंमा जाने मनोज गजुरेलको चेतावनी

चर्चित हाँस्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मीना ढकालविरुद्ध कानुनी लडाईंमा जाने चेतावनी दिएका छन्।

सोमबार साँझ फेसबुकमा स्ट्याटस लेख्दै गजुरेलले ‘सहनुको सीमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको’ बताएका छन्।

तीन वर्षअघि कानुनी रुपमा सम्बन्ध विच्छेद गरेका गजुरेलले दोस्रो विवाह गर्नेबारे दिएको अभिव्यक्तिप्रति पूर्वपत्नी मीनाले कटाक्ष गरेकी थिइन्। उनको भनाई अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

‘कानुनी रुपमै आ–आफ्ना बाटो लागि सकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन। एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ । तर, अब सहन सक्दिनँ,’ उनले लेखेका छन्।

त्यस्तै उनले अंशसहित आफूसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएको समेत बताएका छन्। 

‘अर्को पक्ष (मीना)ले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंश बाहेक,’ उनले लेखेका छन्।

त्यससँगै उनले कतिपय सञ्चारमाध्यमले आफूलाई तनाव दिने गरी समाचार सम्प्रेशण गरेको भन्दै ‘पत्रकारिताको नियम याद गर्न, अन्यथा भोलि कानुनी झण्झट ब्यहोर्नुपर्ने अवस्था आउनसक्नेतर्फ’ सचेत गराएका छन्।

‘युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुरोध गर्दछु–मेरो नाम, फोटो र प्रसङ्ग जोडेर कसैसँग अन्तर्वार्ता लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्,  पत्रकारिताको नियमलाई याद गर्नोस्,’ उनले लेखेका छन्। 

प्रकाशित मिति: : 2020-12-14 22:35:00

प्रतिकृया दिनुहोस्

    पत्रकारिता गर्दा मर्यादा पनि राख्ने गरे कसो होला?

    • 3 बर्ष अगाडि
    • Navin Rayamajhi