खुमलटार बैठक: अध्यक्ष ओलीलाई कारवाही गर्ने निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

 खुमलटार बैठकले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने निष्कर्ष निकालेको छ। 

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपनि खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। 

खुमलटार निकट स्रोतले भन्यो, ‘पार्टीका अर्का अध्यक्ष ओलीले चालेको असंवैधानिक कदम हो। माथि अनुशासनको कारवाही गर्ने प्रस्तावका विषयमा छलफल भएको हो।’

यसका साथै भोलि हुने बैठकमा यसविरुद्ध रणनीति बनाएर अगाडि बढ्ने विषयमा पनि छलफल भएको स्रोतको दावी छ। 

‘भोली बस्ने स्थायी कमिटीको बैठकमा सरकारको कदमविरुद्ध एक मत भएर अगाडि बढ्ने विषयमा छलफल भएको छ,’ स्रोतले भन्यो।

यसअघि अध्यक्ष प्रचण्डले अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल खारेजको माग गरेका थिए।

स्थायी कमिटी बैठक चलिरहेको बेला प्रधानमन्त्रीले पार्टीमा सल्लाहबिनै अध्यादेश जारी गरेको भन्दै अन्य प्रचण्डसहित प्रमुख नेताले आपत्ति जनाएका छन्।

मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन्।

मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो।

त्यसलगत्तै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशको सिफारिस गरेको थियो।

तर, मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल नै नभएको बताइन्छ।

प्रकाशित मिति: : 2020-12-15 17:31:00

प्रतिकृया दिनुहोस्