सिटी बराबरीमा रोकियो, चेल्सी हार्‍यो

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग बराबरीमा रोकिँदा चेल्सी वल्भ्ससँग स्तब्ध बनेको छ।

घरेलु मैदानमा भएको खेलमा ३० औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा इल्काइ गुण्डोगानले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए। तर ४३ औँ मिनेटमा रुबेन डियाजले आत्मघाती गोल गरेपछि वेष्ट ब्रोमले खेलमा बराबरी गर्न सक्यो।

त्यसपछि गोल हुन सकेन र सिटी बराबरीमा रोिकयो।

बराबरीपछि १२ खेलबाट २० अंक जोडेको सिटी छैटौँ स्थानमा पुगेको छ। पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ब्रोमको १३ खेलबाट सात अंक छ।

यता चेल्सीले एक गोलले लिएको अग्रता जोगाउन नसक्दा २–१ ले स्तब्ध बन्न पुग्यो। प्रिमियर लिगमा चेल्सीको यो लगातार दोस्रो हार हो। 

वल्भ्समा मंगलबार राति भएको खेलको ४९औँ मिनेटमा ओलिभर जिरुउडको गोलबाट चेल्सीले अग्रता लिएको थियो। उनले बेन चिलवेलको पासमा गोल गरेका थिए।

६६औँ मिनेटमा ओवेन ओटासोवीको पासमा ड्यानियल पोडेन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा पेड्रो नेटोले भिटिन्हाको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे। 

यो हारसँगै चेल्सीले यो बराबरीसँगै चेल्सीले शीर्षस्थानको टोटेनहम र लिभरपुलसँगको अंक दुरी बराबरी गर्ने मौका गुमाउदा पाँचौ स्थानमा यथावत् रहेको छ। चेल्सीको १३ खेलबाट २२ अंक रहेको छ।


 

प्रकाशित मिति: : 2020-12-16 07:49:00

प्रतिकृया दिनुहोस्