मेसी र राेनाल्डाेलाई पछि पार्दै लेवान्डोस्कीले जिते ‘द बेस्ट’ अवार्ड

बिएल संवाददाता

काठमाडाै‌ं

 फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले जितेका छन् ।

अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । 

लेवान्डोस्कीले गोलको आधारमा वायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने उनी सर्वाधिक गोलकर्ता समेत भएका थिए ।

यता अर्जेन्टिनी कप्तान मेसीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन आधारमा टप ३ मा पुगेका थिए। यस्तै पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्ट्सलाई इटालियन लिगको उपाधि दिलाउँदा उनी लिगको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए ।

प्रकाशित मिति: : 2020-12-18 07:22:00

प्रतिकृया दिनुहोस्