पुल्चोकमा मन्त्रीहरूसँग प्रधानमन्त्री ओलीको आकस्मिक भेट

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग आकस्मिक भेट गरेका छन्।

शनिबार बिहान खुमलटार पुगेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाहिरिएपछि मन्त्रीहरूलाई भेट्न पुल्चोक पुगेका हुन्।

पुल्चोकमा पुगेर मन्त्रीहरूसँग प्रधानमन्त्रीले आकस्मिक भेट गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

उनले गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्याललाई मन्त्री निवासमा गएर भेटेका हुन्।

मन्त्रीहरुले ‘दुई अध्यक्षबीचको वार्ता कस्तो भयो ?’ भनेर सोध्दा प्रधानमन्त्रीले ‘खास त्यस्तो केही भएन’ भन्ने जवाफ दिएर बालुवाटार फर्किएकाे भेटमा सहभागी एक मन्त्रीले बताए ।

 

प्रकाशित मिति: : 2020-12-19 14:15:00

प्रतिकृया दिनुहोस्