रोनाल्डोको दुई गोलमा युभेन्ट्सको सानदार जित

बिएल संवाददाता

काठमाडाै‌ं

युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा पार्मामाथि सानदार जित हात पारेको छ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली पार्मालाई ४–० ले हराएको हो। 

युभेन्ट्सको सहज जितमा  क्रिस्टियानो रोनाल्डोको दुई तथा डिजान कुलुसेभ्स्की र अल्भारो मोराटाले एक एक गाेल थपे।

खेलको २३औं मिनेटमा एलेक्स सान्द्रोको पासमा डिजान कुलुसेभ्स्कीको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो। 

२६औं मिनेटमा अल्भारो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। उनले मोराटाको पासमा गाेल गरेका थिए।

४८औं मिनेटमा आरोन राम्सीको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाए।

 खेल सकिन ४ मिनेटमा बाँकी रहँदा मोराटाले गोल गर्दै युभेन्ट्सलाई ४–० को फराकिलो जित दिलाए। उनले फेडरिको बर्नरडेस्चीको पासमा गाेल गरेका थिए।

जितसँगै युभेन्ट्सले दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी गरेपनि तेस्रो स्थानमा रहेको छ। एक खेल कम खेलेको इन्टरकाे २७ अंक छ। 

शीर्षस्थानको एसी मिलानको २८ अंक छ। पराजित पार्मा १२ अंकसहित १५औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-12-20 07:43:00

प्रतिकृया दिनुहोस्