संसद् विघटनको सिफारिशबारे प्रचण्ड र झलनाथ खनालबीच छलफल

संसद् विघटनको सिफारिशबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको छ।

प्रचण्ड निवास खुमलटारमा केही बेर अघि भेट भएको हो।

मन्त्रिपरिषद्‍को आइतबार बिहान बसेको  बैठकबाट संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि प्रचण्ड र खनालबीच छलफल भएको हो।

बालुवाटारबाट प्रचण्ड फर्किएपछि नेता खनाल खुमलटार पुगेका हुन्। उनीहरूबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

Seen by Break at 12:13 PM

प्रकाशित मिति: : 2020-12-20 12:16:00

प्रतिकृया दिनुहोस्