संसद विघटन: देशभर उच्च सुरक्षा सर्तकता

बिएल संवाददाता

काठमाडाै‌ं

संसद विघटनसँगै देशको राजनीतिक अवस्थालाई लिएर राष्ट्रका चार वटै सुरक्षा निकायले सुरक्षा सर्तकता बढाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव पेश गरेसँगै उच्च सुरक्षा सतर्कता अपनाउन चारै वटै सुरक्षा निकायले मातहतका निकायलाई सर्तकता रहन निर्देशन दिएका छन्।

प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान तथा सशस्त्र प्रहरी बलले मातहतका निकायलाई चनाखो रहन निर्देशन दिइएको छर 

‘हामीलाई कही कतैबाट केही निर्देशन आएको छैन,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले बिएल नेपाली सेवासँग भने, ‘देशका राजनीतिक परिस्थितीलाई लिएर हामी आफै सचेत हुने हो।’

त्यसैगरी नेपाल सेनाका एक उच्च अधिकारीले पनि सरकारबाट कुनै खाले निर्देशन नआएपछि देशका विधमान अवस्थालाई हेरेर सुरक्षा सर्तकता बढाइएको बताए।

प्रकाशित मिति: : 2020-12-20 13:55:00

प्रतिकृया दिनुहोस्