मध्यावधि चुनाव दुई चरणमा, ०७८ बैशाख १७ र २७ गतेका लागि चुनाव घाेषणा

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिश गरेसँगै दुई चरणमा चुनाव हुने भएकाे छ। 

राष्ट्रपति कार्यलयका अनुसार नयाँ निर्वाचन २०७८ बैशाख १७ र २७ गते हुने भएकाे हाे।

संसद विघटनको घोषणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मिति ताेकेकी हुन्।

संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ लाई टेकेर राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिश सदर गरेकी जानकारी दिइएकाे छ।

राष्ट्रपतिको कार्यालयले संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य, मान्यता तथा नेपालको आफ्नै संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यासबमोजिम सो कदम चालेको प्रष्ट पारेको छ ।

प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका थिए।

प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिश गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्न बालुवाटार पुगेका छन्।

स्थायी कमिटिको बैठक बस्ने कार्यतालिका कारणले अन्य सदस्यहरु पनि बालुवाटार पुगेका छन्। बैठक अझै सुरु हुन सकेको छैन। 

No description available.

प्रकाशित मिति: : 2020-12-20 14:23:00

प्रतिकृया दिनुहोस्