रियल ला लिगाकाे दोस्रो स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलकाे दोस्रो स्थानमा उक्लिएको छ।

आइतबार राति भएको खेलमा एइबरलाई रियल मड्रिडले ३–१ ले पराजित गर्दै रियल दाेस्राे स्थानमा उक्लिएकाे हाे।

अवे मैदानमा भएको खेलमा मड्रिडलाई जिताउन करिम बेन्जिमा, लुका मोड्रिक र लुकास भाज्क्वेजले गोल गरे। एइबरका लागि किकेले एक गोल फर्काएका हुन्।

बेन्जिमाले ६औं मिनेटमा गाेल गर्दै अग्रता दिलाएका थिए।

उनले नै १३औं मिनेटमा गोल गर्दै अग्रता दाेब्बर बनाए।

 २८ औँ मिनेटमा किकेले एइबरका लागि एक गोल फर्काए।

इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा भाज्क्वेजले गोल गरेपछि रियलले ३–१ काे जित दर्ता गर्‍याे।

रियलकाे १४ खेलबाट २९ अंक भएको छ। दुई खेल कम खेलेको एथ्लेटिको मड्रिडको पनि २९ अंक नै छ।

पराजित भएको एइबर १५ अंकसहित १४ औँ स्थानमा छ। 

प्रकाशित मिति: : 2020-12-21 07:30:00

प्रतिकृया दिनुहोस्