वेस्ट ह्यामविरुद्ध चेल्सीकाे सानदार जित

बिएल संवाददाता

काठमाडाै‌ं

चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि ३–० को सानदार जित हात पारेको छ।

स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेल चेल्सीका ट्याम्मी अब्राहमले दुई तथा थियागो सिल्भाले एक गोल गरे। 

पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो। 

 खेलको १०औं मिनेटमा नै डिफेन्डर थियागो सिल्भाको गोलबाट चेल्सीले अग्रता लिएको थियो। 

२९औं मिनेटमा हालेरको हेडेर पासमा सौसेकले गोल गरेपनि उनले प्रहार गर्नु अघि नै चेल्सीका थियागो सिल्भामाथि फल गरेपछि उनको गोलले मान्यता पाएन।

७८औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। उनले टिमो वेर्नरको पासमा गोल गरेका थिए।

८०औं मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए। 

जितसँगै चेल्सी १४ खेलबाट २५ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। समान २५ अंक नै भएपनि टोटेनहम गोलअन्तरमा पछि पर्दै छैटौ स्थानमा रहेको छ। पराजित वेस्ट ह्याम २१ अंक जोडेर १०औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-12-22 07:40:00

प्रतिकृया दिनुहोस्