सर्वाेच्च अदालतद्वारा बारसँग ‘एमिकस क्युरी’ झिकाउने आदेश

बिएल संवाददाता

काठमाडाै‌ं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमा नेपाल बार एसोसियसनसँग विज्ञ पठाउन माग गरेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजालाशले कानून व्यवसायीहरुको छाता संगठन बारसँग ‘एमिकस क्युरी’ झिकाउने निर्णय गरेको हो।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरी आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि निर्वाचन गर्ने निर्णय गरेको थियो।

त्यसविरुद्द सर्वोच्चमा १३ रिट परेको थिए। बुधाबर बसेको प्रधानन्यायाधीश राणाको एकल इजालाशले संवैधानिक इजालाश गठन गरेका थिए। 

के हो एमिकस क्युरी ?

एमिकस क्युरी अदालतले इजलाशलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो ।

इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्नेछ ।

प्रकाशित मिति: : 2020-12-25 14:33:00

प्रतिकृया दिनुहोस्