सालकको खपटासहित तीन जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ वन्यजन्तु सालकको खपटासहित तीन जना पक्राउ परेका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट ७’ मा खटिएको नेपाली सेना, बादरझुला बीओपीबाट खटिएका सशस्त्र प्रहरी र निकुन्ज प्रशासनको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

सालकको खपटा अन्दाजी ३७५ ग्राम र सुकुटी अन्दाजी ३०० ग्राम सहित पक्राउ परेका व्यक्तिहरुमा चितवनको माडी नगरपालिका–९ प्लट ६ बस्ने वर्ष ५६ को केशरबहादुर तामाङ, प्लट २ बस्ने वर्ष ३२ को शुक्रप्रसाद तामाङ तथा विगतमा चितुवा मारी चितवन राष्ट्रिय निकुञ्जको फरार प्रतिवादीको सूचिमा रहेका सोही स्थान बस्ने पंचलाल प्रजा रहेका छन्।

पक्राउ परेका व्यक्तिलाई अखेटोपहारसहित कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाईएको छ।

प्रकाशित मिति: : 2020-12-27 18:28:00

प्रतिकृया दिनुहोस्