ओली जंबहादुरको बाटोमा हिँडेदेखि हाम्राे विजय यात्रा सुरु भएकाे हाे: नेकपा (प्रचण्ड) अध्यक्ष दाहाल

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको दिनबाट आफूहरुको विजय यात्रा सुरु भएको बताएका छन्।

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो। त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भएको हो।’

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेर  जनतामा जाने मुद्दा दिएको भन्दै अर्को चुनाव आफूहरुले जित्ने समेत उनले दाबी गरे। 

प्रचण्डले भने, ‘केपीजीलाई धन्यवाद। ‘पहिले पनि भन्ने गरेको छु, ज्ञानेन्द्रको भिलेन रुपले पनि हामीलाई हिरो बनाइदिएको थियो, अहिले केपी ओलीले फेरि प्रतिगमनविरुद्ध जनतामा जाने अवसर दिनुभयो। अर्को चुनाव हामी जित्छौं।’

यस्तै उनले ओलीको सरकार विघटन गरेपनि संसद जीवितै रहेको बताए।

‘२०४७ सालको संविधानले संसद विघटन गर्ने अधिकार दिएकै कारण सरकारहरु छोटो समयमात्रै टिकेको हो। त्यही देखेर ०७२ सालमा संविधान बनाउँदा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिने व्यवस्था गरेको हो। तर केपी ओलीको सरकार विघटन भएको हो, संसद जीवितै छ’, उनले भने।’

पार्टीभित्र विवाद चलेकोमा दुईमत नरहेको बताउँदै उनले व्यक्तिवादी तरिकारले सरकार चलेको कारण समस्या आएको बताए। 

प्रकाशित मिति: : 2020-12-28 15:28:00

प्रतिकृया दिनुहोस्